राजनीति

केन्द्रीय कमिटीको नाम बोकेर विष्णु पौडेल ओली भएको कोठामा

इकागज |
मंसिर १२, २०७८ आइतबार १६:२० बजे

सौराह – नेकपा एमालेका नेता विष्णु पौडेलले नयाँ केन्द्रीय कमिटीको नाम प्रिन्ट गरेर रुजुका लागि अध्यक्ष केपी शर्मा ओलीसामू पेस गरेका छन् । नेता पौडेलले प्रस्तावित केन्द्रीय कमिटीका नेताहरूको नामावली प्रिन्ट गरेर ओलीको कोठामा गएका हुन् ।   

केपी ओली, नेता पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताले केहीबेरअघि मात्रै १० औँ महाधिवेशनबाट चुनिने एमालेको केन्द्रीय कमिटीको नामावली तयार पारेका थिए । नेताहरुबीच  सौराहास्थित पार्क सफारी होटलमा छलफल जारी छ ।  नेता पौडेलले सबै कुरा राम्रो भइरहेको र अझै बाँकी कुराहरू पनि राम्रो नै हुने बताएका छन् ।  



Author

थप समाचार
x