राजनीति

भीम रावलले भने : अधिवेशनको कुनै काम नगर्नु आपत्तिजनक छ

इकागज |
मंसिर १२, २०७८ आइतबार १७:५१ बजे

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अधिवेशनको उद्घाटनपछि कुनै पनि काम नगरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । रावलले पार्टीको निर्णय विपरीत केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति विपरीत काम गर्नु आपत्तिजनक भएको बताएका हुन् । 

रावलले अध्यक्ष पदमा उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि एमालेमा विवाद बढेको छ । त्यस्तै आज दिनभर अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताले चितवन सौराहास्थित पार्क सफारी रिसोर्टमा छलफल गरेर पदाधिकारीको नाम टुंग्याएपछि रावलले आपत्ति जनाएका हुन् ।  
‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक  र पार्टी हितको विरूद्धमा छ’ उनले ट्वीटरमा लेखेका छन् ।  



Author

थप समाचार
x