राजनीति

वरिष्ठ उपाध्यक्ष नछोड्ने अडान

केपी ओलीबाहेक कसैलाई नेता मान्दिनँ : सुवासचन्द्र नेम्वाङ

इकागज |
मंसिर १२, २०७८ आइतबार १८:१० बजे

काठमाडौँ - नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले आफूले केपी ओलीबाहेक अरु कसैलाई पनि नेता नमान्ने बताएका छन् । उनले ओलीबाहेक कसैलाई पनि नेता नमान्ने भन्दै उनले वरिष्ठ उपाध्यक्षबाट ब्याक नहुने संकेत गरेका हुन् ।  

उनले आफू अहिलेसम्म पार्टीको ठूलो पदमा नबसेको र आफूले मान्ने नेता भनेकै ओलीमात्रै भएको पनि बताए । उनले आफू पदाधिकारीमा बस्नु पर्दा केपी ओलीकै मुनि बस्ने पनि दोहोर्‍याए । 


‘मैले अहिलेसम्म कुनै ठूलो पदमा बसेको छैन, पार्टीको । म ओलिबाहेक अरुलाई नेता मन्दिनँ । मैले मान्ने भनेको केपि ओलिमात्रै हो, अरुलाई म नेता भन्दिनँ,’ नेम्वाङले ओलीलाई भने, ‘कसैको मुनि बस्नुपरे ओलिकै मुनि बस्ने हो । तपाईं सक्नुहुन्न भने चुनाव गराउनुहोस्, हारे भनेँ बस्छु ।’ 


Author

थप समाचार
x