राजनीति

एमाले महाधिवेशन

सुरु भएन बन्दसत्र, भीम रावलसहितका नेतालाई व्यवस्थापन गर्न रिसोर्टमै छलफल गर्दै ओली

इकागज |
मंसिर १२, २०७८ आइतबार १९:१२ बजे

सौराहा – नेकपा एमालेको १०औँ महाधिवेशनअन्तरगर्त दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा आएका छैनन् । उनी पार्क सफारी रिसोर्टमै छन् ।  बिहान ७ बजे सुरु हुने भनिएको बन्द सत्र साँझ सात बजेलाई बोलाए पनि अझै सुरु हुन नसकेको हो ।  

यता एमाले एक नेताले भीम रावलसहितका नेताहरूलाई पनि व्यवस्थापन गर्नको लागि सहमतिको प्रयास भइरहेको जानकारी दिए । 'भीम रावल, रामबहादुर थापा र घनश्याम भुसालसहितकै सहमति खोज्ने प्रयास भैरहेको छ। सहमतिविनाको महाधिवेशनले पार्टीलाई एकीकृत राख्न सक्दैन । यसैमा केन्द्रित भएर छलफल भैरहेको छ' उनले भने ।  



Author

थप समाचार
x