राजनीति

बन्दसत्र ८ बजेबाट सुरु हुन्छ : शेरबहादुर तामाङ

इकागज |
मंसिर १२, २०७८ आइतबार १९:५४ बजे

चितवन - नेकपा एमालेको १० औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताए । निर्वाचन भए आफ्नो दाबी सचिवमा रहने र निर्वाचन नभए नेतृत्वले जता राख्यो त्यतै बस्ने उनले बताएका छन् ।  

'चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिउँ,’ उनले भने । केन्द्रीय कमिटीको नाम क्लस्टरवाइज मिलाउँदा ढिला भएको उनले बताए । यसका साथै पदाधिकारीको नामावली विवादरहित ढंगले टुंगिसकेको उनले जानकारी दिए ।


बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको छैन ।


Author

थप समाचार
x