राजनीति

एमाले महाधिवेशन : बल्ल सुरु भयो बन्द सत्र

इकागज |
मंसिर १२, २०७८ आइतबार २०:२ बजे

सौराहा - नेकपा एमालेको १०‍‌औं महाधिवेशनअन्तरर्गत दोस्रो दिन बन्दसत्र सुरु भएको छ । बिहान ७ बजे सुरु हुने भनिएको बन्दसत्र राति ८ बजेमात्रै सुरु भएको हो । एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बन्द सत्र सुरु भएकाे जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा पदाधिकारी र केन्द्रीय किमटी सदस्यका लागि निर्वाचन नगरी सर्वसम्मति गर्ने बताएपछि उपाध्यक्ष भीम रावल र उपमहासिचव घनश्याम भुसालले फरक मत राखेपछि बिहान ७ बजे हुने भनिएकाे बन्द सत्र झण्डै १३ घण्टापछि सुरु भएकाे हाे ।    



Author

थप समाचार
x