राजनीति

सबै सदस्यमा सहमति भएको छ : महेश बस्नेत

इकागज |
मंसिर १२, २०७८ आइतबार २०:३२ बजे

चितवन - नेकपा एमालेका नेता महेश बस्नेतले जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरू सहमितमा टुंगो लगाइने बताएका छन् । महाधिवेशनको दोस्रो दिन केहीबेर अघि पदाधिकारी र केन्द्रीय कमिटी सदस्य चयनका लागि बसेको बैठकबाट बन्द सत्र स्थलतर्फ लाग्ने क्रममा बस्नेतले यस्तो बताएका हुन् । ‘सबैले सहमतिमा जाने गरी छलफल टुंग्याएका छौं । अबको निर्णय बन्द सत्रबाट हुने छ,’ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै बस्नेतले भने ।

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा पदाधिकारी र केन्द्रीय किमटी सदस्यका लागि निर्वाचन नगरी सर्वसम्मति गर्ने बताएपछि उपाध्यक्ष भीम रावल र उपमहासिचव घनश्याम भुसालले फरक मत राखेपछि बिहान ७ बजे हुने भनिएकाे बन्द सत्र झण्डै १३ घण्टापछि सुरु भएकाे हाे ।



Author

थप समाचार
x