राजनीति

पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्था आउँछ : प्रदीप ज्ञवाली

इकागज |
मंसिर १२, २०७८ आइतबार २०:४७ बजे

चितवन - नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभर आफूहरूको छलफलबाट पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्था आउन लागेको बताएका छन् । कमिटीको सर्वसम्मत सूचीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकरात्मक रहेको बताएका छन्  ।

‘पदािधकारीमा कुरा मिल्यो भन्ने अवस्थामा हामी छौं । अहिले यत्ति भनौं,’ सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञवालीले भने । नेकपा एमालेको १० औं महाधिवेशनअन्तर्गत दोस्रो दिन बन्द सत्र सुरु भएको छ । यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्द सत्र झण्डै ९ बज्न लाग्दा पनि औपचारिक रूपमा सुरु हुन बाँकी छ ।



Author

थप समाचार
x