राजनीति

एमाले महाधिवेशनमा पत्रकारका लागि सहायता कक्ष

इकागज |
मंसिर १२, २०७८ आइतबार २१:२ बजे

चितवन - नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा समाचार संकलनमा खटेका पत्रकारका लागि सहायता कक्षको व्यवस्था गरिएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले सहायता कक्षको व्यवस्था मिलाएको हो ।  

महाधिवेशनमा समाचार संकलनका लागि केन्द्र र स्थानीय तहबाट आएका पत्रकारलाई समाचार संकलनमा सहजीकरण गर्दै कक्ष स्थापना गरिएको चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितले बताए । पत्रकारलाई समाचार सम्प्रेषण गर्न सहज तुल्याउन मिडिया सेन्टरमा आवश्यक इन्टरनेट र कम्प्युटरको सहज व्यवस्था गरिएको उनको भनाइ छ ।
 



Author

थप समाचार
x