राजनीति

रावलले उपाध्यक्ष नकारे ओली चुनावमा जान तयार

इकागज |
मंसिर १२, २०७८ आइतबार २१:२० बजे

काठमाडौँ - नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए केपी शर्मा ओली चुनावमा जान तयार देखिएका छन् । एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमतिबाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् ।

ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने मनस्थिति बनाएको स्रोतले बताएको छ ।



Author

थप समाचार
x