राजनीति

कांग्रेस महाधिवेशन

६१ जिल्लामा सकियो कांग्रेस अधिवेशन : कुन समूह बलियो ?

सन्तोष अधिकारी |
मंसिर १६, २०७८ बिहिवार १६:११ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत ६१ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । केही जिल्लाको १६ जिल्लाको अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि मात्रै हुँदैछ । कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार प्रदेश २ का  धनुषा, पर्सा, महोत्तरी, सिरहा, बारा, रौटहट, सर्लाही, सप्तरीमा जिल्ला अधिवेशन नै हुन सकेको छैन । 

त्यस्तै नवलपुर, सिन्धुपाल्चोक, कैलाली, अछाम, बाँके, चितवन, सिन्धुली, मकवानपुरमा पनि जिल्ला अधिवेशन भएको छैन । ६१ जिल्लामा भने वडा, पालिका, प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रको पनि अधिवेशन सम्पन्न भइसकेको श्रेष्ठले जानकारी दिए ।  


अहिलेसम्म महाधिवेशन सम्पन्न भएका जिल्लामा पहिले जस्तै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहकै प्रतिस्पर्धा धेरै भयो । केही जिल्लामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य शेखर कोइराला, समूहको पनि उपस्थिति बलियो देखियो ।  काठमाडौँमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समूह पूर्ण रुपमा बलियो देखियो । अहिले अधिवेशन सम्पन्न भएका जिल्लामा शीर्ष नेतानिकटका जिल्ला तहका नेताले प्यानल नै बनाएर चुनाव लडे ।  

अधिकांश जिल्लामा सभापति देउवा समूहविरुद्ध उत्रिएको संस्थापन इतर समूह नवलपरासीमा भने ठीक विपरित देखियो । यहाँ संस्थापन इतर समूहका नेता तथा पार्टी महामन्त्री डा.शशांक कोइराला र पार्टी सभापति देउवाले पौडेल समूहका उम्मेदवारविरुद्ध साझा उम्मेदवार तय गरेका थिए । 
६१ जिल्लाको जिल्ला अधिवेशन सकिँदा सभापति देउवानिकटका जिल्ला सभापति धेरै निर्वाचित भएका छन् । जिल्ला सभापतिमात्रै होइन महाधिवेशन प्रतिनिधि पनि आफ्नो पक्षकै धेरै निर्वाचित भएको सभापति देउवा समूहको दाबी छ ।   

देउवा समूहका निर्वाचित जिल्ला सभापति

  1. कास्की, किशोरदत्त बराल
  2. तनहुँ, जितप्रकाश आले
  3. लमजुङ, टकराज गुरूङ
  4. मनाङ, शंकर गुरूङ देउवा
  5. म्याग्दी, खमबहादुर गर्बुजा 
  6. ललितपुर, जितेन्द्रकुमार श्रेष्ठ
  7. कञ्चनपुर, पदम बोगटी
  8. उदयपुर, हिमाल कार्की
  9. भक्तपुर, दुर्लभ थापा
  10. बर्दिया, अरूणप्रकाश सिंह राठौर
  11. सोलुखुम्बु, नाम्गेल जाङ्बु शेर्पा
  12. रसुवा, पेम्वाछिरिङ तामाङ
  13. धनकुटा, दिनेश राई  
  14. सल्यान, केशवबहादुर विष्ट
  15. डोल्पा, दीपेन्द्रबहादुर शाही
  16. डडेल्धुरा, भीमबहादुर साउद 
  17. ताप्लेजुङ, गजेन्द्रप्रसाद तुम्याहाङ
  18. मुगु, ऐनबहादुर शाही
  19. पाँचथर, रूपनारायण जवेगु 
  20. हुम्ला, मोहनविक्रम सिंह
  21. बझाङ, खड्क बोहरा
  22. रामेछाप, पूर्णबहादुर तामाङ
  23. जुम्ला, कर्णबहादुर शाही
  24. जाजरकोट, बेदराज सिंह
  25. डोटी, नरेन्द्रबहादुर सिंह
  26. रूकुम पश्चिम, प्रेमप्रकाश वली
  27. ओखलढुंगा, तेजेन्द्र खनाल
  28. पर्वत, युवराज जोशी
  29. इलाम, डम्बरबहादुर खड्का
  30. सुर्खेत, खड्ग पोखरेल
  31. रूपन्देही, रामकृष्ण खाण
  32. काभ्रे, तीर्थ लामा

पौडेल समूहका निर्वाचित जिल्ला सभापति 

  1. स्याङ्जा, राजु थापा
  2. गोरखा, नन्दप्रसाद न्यौपाने
  3. मुस्ताङ, रोमीगौचन थकाली
  4. नवलपरासी पश्चिम, अर्जुनकुमार पोखरेल 
  5. कालिकोट, अम्बबहादुर शाही
  6. संखुवासभा, दीपक खड्का
  7. रूकुमपूर्व, केशरमान रोका
  8. खोटाङ, विष्णुकुमार राई
  9. दार्चुला, ललितसिंह बोहरा
  10. नुवाकोट, रमेश महत
  11. दाङ, शंकरप्रसाद डाँगी
  12. दैलेख, मणिराम रेग्मी
  13. गुल्मी, खिलध्वज पन्थी
  14. काठमाडौं, कृष्णसबुज बानियाँ
  15. धादिङ, रामनाथ अधिकारी
  16. सुनसरी, केदार भण्डारी
  17. प्युठान, विष्णुकुमार गिरी
  18. अर्घाखाँची, केशव श्रेष्ठ
  19. रोल्पा, किशोर आचार्य
  20. बैतडी, चतुरबहादुर चन्द
  21. दोलखा, बर्मा लामा 
  22. कपिलबस्तु, अब्दुल कलाम खाँ
  23. मोरङ, डिगबहादुर लिम्बू 
  24. भोजपुर, विनोद वान्तवा
  25. बाजुरा, रामसिंह रावल
  26. तेह्रथुम, अर्जुन तुम्बाहाम्फे
  27. पाल्पा, हिमालदत्त श्रेष्ठ

सिटौला समूहका निर्वाचित जिल्ला सभापति 

  1. झापा, देउमान थेवे
  2. बागलुङ, जित शेरचन

 

 

 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x