राजनीति

नेकपा प्रदेश-१ का मुख्यमन्त्री राईसहित ८ जनासँग स्पष्टीकरण

लीलावल्लभ घिमिरे |
पुस २२, २०७७ बुधबार १९:५४ बजे

विराटनगर  : नेकपा प्रदेश-१ का संसदीय दलका उपनेता टंक आङबोहाङले मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई लिखित स्पष्टीकरण सोधेका छन् । आङबोहाङ नेकपा (दाहाल-नेपाल समूह)का हुन् । स्वष्टीकरण सोधिनेमा मन्त्रीसहित ओली समूहका ८ जना छन् ।

दलको बैठकमा उपस्थित नभएको, पार्टी र दलको विधानविपरीत कार्य गरेको भन्दै दलका नेता मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री, हिक्मतकुमार कार्की, भूमी व्यवस्था, कृषी तथा सहकारीराज्यमन्त्री रामवहादुर मगर, भौतिक पूर्वाधार विकासराज्यमन्त्री अम्बिरबाबु गुरुङ, दलका प्रमुख सचेतक बुध्दिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, विमल कार्की र अम्बिका थापालाई उपनेता आङवोहाङले स्पष्टीकरण सोधेका हुन् । 


‘उहाँहरु संसदीय दलको बैठकमा उपस्थित हुनु भएन,’ उपनेता आङबोहाङले भने, ‘दलको आचरणविरुध्द लागेका कारण स्पष्टीकरण सोधिएको हो ।’ सवैजनालाई स्पष्टीकरणको पत्र हुलाक, कुरियर गरेर पठाएको आङबोहाङले बताए । ओली पक्षकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसीयतलाई भने स्पष्टीकरण सोधीएको छैन् । 

यस अघि नै (दाहाल-नेपाल समुह)ले दलका नेता राईलाई हटाइ भीमप्रसाद आचार्यलाई दलको नयाँ नेता चयन गरेको जानकारी प्रदेश सभा सचिवालयमा लिखित रुपमा गराई सकेको छ । 

मुख्यमन्त्री शेरधन राईविरुध्द प्रदेश सभा सचिवालयमा ३७ जना मध्ये १९ जनालाई ओली समुहले स्पष्टीकरण सोध्नुका साथै १६ जनालाई तीन महिनाका लागि निलम्बन समेत गरी सकेको छ । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x