राजनीति

प्रधानमन्त्रीको कार्यक्रममा 'निर्मलाको बलात्कारी खै ?' भन्‍ने युवाहरू पक्राउ

नवराज पनेरु |
पुस २४, २०७७ शुक्रबार १६:९ बजे

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभामा 'निर्मलाको बलात्कारी खै ?' लेखिएको टिसर्ट लगाएका युवक पक्राउ परेका छन् । शुक्रबार धनगढीमा प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा 'निर्मलाको बलात्कारी खै ?' लेखिएको टिसर्ट लगाएर युवाहरू कार्यक्रमस्थल पसेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ६ जना युवकलाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको हो ।



Author

थप समाचार
x