राजनीति

सेनाले बारामा वितरण गर्‍यो कम्वल

इकागज |
माघ ६, २०७७ मंगलबार १९:२९ बजे

काठमाडौँ : नेपाली सेनाको चन्दननाथ गणको सहकार्यमा २८ बाहिनीले बारा जीतपुर-सिमरा उपमहानगरपालिका १८ र १९ बडरहवाका बिपन्न मुसहर, पासवान तथा माझी समुदाय तथा बालबालिका प्राथमिक विद्यालयका बिद्यार्थीहरूलाई १५० कम्वल हस्तान्तरण गरेको छ । 

बाहिनीपति सहायक रथी जोन्सन खड्काले मिति कम्वल हस्तान्तरण गरेका हुन् । नागरिक र सेनाबीच सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले कम्वल वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
राहत बितरण कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरू, समाजसेवी र शिक्षकहरूको उपस्थिति थियो । 
 



Author

थप समाचार
x