राजनीति

काठमाडौंमा दाहाल-नेपाल समूहको सिटी जुलुस (फाेटाे फिचर)

सुजल बज्राचार्य |
माघ १३, २०७७ मंगलबार १६:५९ बजे

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेको नेकपा दाहाल–नेपाल समूहले मंगलबार काठमाडौंमा सिटी जुलुस निकालेको छ । लैनचौरबाट सुरु सिटी जुलुस असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सम्पन्‍न भएको थियो । 


जुलुसमा सहभागी नेकपाका नेता तथा कार्यकर्ताले असंवैधानिक कदम खारेज गर्नुपर्ने भन्दै नारा लगाएका थिए । नेकपाले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । जसअनुसार, मंगलबार सिटी जुलुस निकालिएको नेकपाले जनाएको छ ।


Author

थप समाचार
x