राजनीति

संवैधानिक इजलासमा बहस :

प्रधानन्यायाधीश राणा र वरिष्ठ अधिवक्ता श्रेष्ठबीच चर्काचर्की

आकाश क्षेत्री |
माघ १६, २०७७ शुक्रबार १३:२५ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि शुक्रबार सुनुवाइ भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच चर्काचर्की भएको छ । बहसका लागि श्रेष्ठले पाँच घण्टाको समय मागेका थिए ।

तर संवैधानिक इजलासले यसअघि नै बहसका लागि ३० मिनेटको समय मात्रै तोकेको छ । श्रेष्ठका लागि प्रधानन्यायाधीश राणाले एक घण्टासम्मको समय उपलब्ध गराउन सकिने भनेपछि चर्काचर्की भएको हो । 


मागेको समय उपलब्ध गराउन नसकिने बताउँदै प्रधानन्यायाधीश राणाले भने, ‘हाम्रा लागि प्रिय हुँदैन एउटै कुरा पटकपटक भन्नुपर्यो भने ।’ पूर्वन्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले जवाफमा भने, ‘नयाँ बहस भएन भने बीचमै रोक्नुहोला।’

इजलासले तोकेको समयमा बोल्न नमानेपछि प्रधानन्यायाधीश राणाले आग्रह गर्दै थप अगाडी भने, ‘हामीले रोक्ने कुरै हुँदैन, तपाइँले आफ्नो समय टुंग्याउनुस । तपाई यति विद्धान हुनुहुन्छ कि एक महिना लगाउनुहोला रे । हामीसँग त समय सीमित छ ।’

तर पनि वरिष्ठ अधिवक्ता श्रेष्ठले मानेनन् । आफूलाई पाँच घण्टाकै समय चाहिएको यदि बीचमा नयाँ कुरा गरेमा रोक्न आग्रह समेत गरे । तर प्रधानन्यायाधीश राणाले बढीमा एक घण्टा समय उपलब्ध गराउन सकिने भन्दै अगाडी भने, ‘हामी कसैको पनि समय तोक्दैनौ, त्यसको अपजस तपाईले भोग्नुहुन्छ ?’

प्रधानन्यायाधीश राणाले यति भनेपछि श्रेष्ठले बहस सुरु गरेका छन् । 
 


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार
x