राजनीति

गठबन्धनले जाजरकोटमा टुंग्यायो भागबन्डा

इकागज |
बैशाख ११, २०७९ आइतबार १६:४३ बजे

सुर्खेत - सत्तारुढ गठबन्धनले जाजरकोटमा आसन्न स्थानीय तह निर्वाचनका लागि भागबन्डा टुंगो लगाएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ । 

उम्मेदवार मनोनयन दर्ता प्रक्रिया सुरु भएसँगै गठबन्धनले चुनावी समीकरण सार्वजानिक गर्दै भागबन्डा टुंग्याएको हो । जसअनुसार छेडागाड नगरपालिकामा नगरप्रमुख नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ । 


नलगाड नगरपालिका प्रमुखमा माओवादी र उप्रमुखमा कांग्रेस, भेरी नगरपालिकोको नगरप्रमुखमा एकीकृत समाजवादी र  उपप्रमुखमा कांग्रेस, शिवालय गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस, बारेकोट गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादीलाई दिने गठबन्धनले निर्णय गरेको छ । 

कुशे गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी, जुनिचाँदे गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसलाई दिने सहमति भएको माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ले बताए । 
 


Author

थप समाचार
x