राजनीति

भरतपुरमा गठबन्धनको घोषणापत्र :  डिजिटल सेवा प्रवाहदेखि एसियाली मापदण्डको भौतिक पूर्वाधार [पूर्ण पाठ]

हरेक वडामा अस्पताल, विपन्नलाई स्वास्थ्य बीमा

इकागज |
बैशाख २०, २०७९ मंगलबार १५:४९ बजे

काठमाडौं–भरतपुर महानगरपालिकाको नेतृत्वको लागि गठबन्धनले घोषणापत्र जारी गरेकाे छ । घोषणा पत्रमा डिजिटल सेवा प्रवाह, एसियाली मापदण्डको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा , सहज सुलभ स्वास्थ्यका कुरालाई उठाइएको छ । 

घाेषणा पत्रमा सेवा प्रवाहलाई सहज बनाउन घरबाटै सेवा लिन सकिने प्रविधिमैत्री प्रणालीको विकास गर्ने भनिएको छ  । यस्तै भौतिक पूर्वाधारमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, एयरपोर्ट विस्तारका काम गर्ने प्रतिबद्धता समेटिएका छन् । 


सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने सरकारी तहबाट पहिलो पटक स्थापना गरिएको अटिज्मका विद्यार्थी पढाउने विद्यालयलाई व्यवस्थित गर्ने, हरेक वडामा अस्पताल बनाएर ज्येष्ठ नागरिकलाई घरदैलो सेवा दिने, गरिब र विपन्नलाई महानगरले स्वास्थ्य बीमा महानगरले गरिदिने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।

यस्तै कृषि र किसान पेन्सन कार्यक्रम सुरु गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक बस संचालन गर्ने सम्मका प्रतिबद्धतामा उल्लेख गरिएको छ । 
 


Author

थप समाचार
x