राजनीति

मकवानपुरमा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित

इकागज |
बैशाख २५, २०७९ आइतबार १७:५३ बजे

मकवानपुर – स्थानीय तह निर्वाचन–२०७९ नजिकीदै गर्दा उम्मेदवारहरुलाई घरदैलो र सभाहरुको सम्बोधन गर्न भ्याइनभ्याइ भएको छ, तर यहाँका ६ जना उम्मेदवारलाई भने ढुक्क छ ।

जिल्लाको ६ जना वडा सदस्य निर्विरोध निर्वाचित भएपछि उनीहरुलाई मतदाताको मत नपाइएला कि भनेर चिन्ता नभएको हो । निर्विरोध निर्वाचित हुने ६ जना सबै दलित महिला सदस्य कोटाका रहेका छन्


निर्वाचन आयोगका अनुसार उनीहरु मध्ये नेकपा एमालेबाट चार, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट एकएक जना रहेका छन् ।

जसमा एमालेबाट इन्द्र सरोबर गाउँपालिका वडा नंबर १ की लक्ष्मी दमाई, सोही गाउँपालिका वडा नंबर ४ की सावित्रा सुनार, थाहा नगरपालिका वडा नंबर ५ की उर्मिला कामी र मकवानपुरगढी गाउँपालिका वडा नंबर ७ की तिर्थ कुमारी ल्वागुन रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट राक्सिराङ गाउँपालिका वडा नंबर ४ की सजिना मुक्तान नेपाली र माओवादी केन्द्रबाट बागमती गाउँपालिका वडा नंबर ३ की विष्णु माया विश्वकर्मा रहेका छन् ।

आफूहरु निर्वाचन हुनु अवागै निर्विरोध भएपनि आफ्नो टीमाको जितको लागि चुनावी महोल बनाउन टीमसँगै हिडिरहेको उनीहरुले बताए ।
 


Author

थप समाचार
x