राजनीति

भरतपुरमा रेणु दाहाल फेरि अघि लागिन्

इकागज |
बैशाख ३१, २०७९ शनिबार २०:२४ बजे

फाइल तस्बिर

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल फेरि अघि लागेकी छिन् । उनले २ सय ७८ मत प्राप्त गरेकी छिन् । 

सात सय मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले २ सय ७८ मत ल्याएकी छिन् ।


एमालेका मेयर उम्मेदवार विजय सुवेदीले २ सय ५८ ल्याएका छन् ।

अहिले तीन वटा मतगणना केन्द्रबाट गणना भइरहेकाे छ ।

यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x