राजनीति

पोखरा महानगरमा मतगणना जारी : ६ सय मत गन्दा गठबन्धनलाई पछ्याउँदै एमाले

धनबहादुर गुरुङ |
जेठ १, २०७९ आइतबार २:३५ बजे

पोखरा – पोखरा महानगरपालिकामा ६ सय मत गणना भएको छ ।

वडा नम्बर १ र १२ मा मतगणना गर्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् ।


आचार्यले २ सय २६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २ सय १८ मत प्राप्त गरे ।

त्यसै गरी मेयरमा राप्रपाका शंकर खरालले ४४ मत र स्वतन्त्रको लौरोले १२ मत ल्याएको छ ।  

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २ सय ६८ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले २ सय १० मत प्राप्त गरेकी छन् ।  


Author

थप समाचार
x