राजनीति

भरतपुरमा कति मतले अघि छिन् रेणु ?

इकागज |
जेठ १, २०७९ आइतबार १३:१८ बजे

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल ७० मतले अग्रता लिएकी छिन् । उनले मतगणना जारी रहँदा १ हजार ६ सय ११ मत प्राप्त गरेकी छिन् ।

चार हजार ४ सय २३ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार ६ सय ११ मत ल्याएकी छिन् ।


एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ५ सय ४१  मत  ल्याएका छन् । अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । २ मा हालसम्म ११ सय ४६ मत गणना भइसकेको छ ।

अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 

 


Author

थप समाचार
x