राजनीति

विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि

इकागज |
जेठ १, २०७९ आइतबार १७:४१ बजे

काठमाडौं–मोरङको विराटनगर महानगरपालिका कांग्रेसका नागेश कोइराला अगाडि छन् भने उपमेयरमा एमालेकी शिल्पा कार्की छिन् । मेयर पदमा कोइरालाले एमालेका सागर थापालाई ८ सय ७७ मतान्तरले पछाडि पारेका छन् ।


कांग्रेसका कोइरालाले ३१ सय ३९ मत ल्याएका छन् भने सागर थापाले २२ सय ६२ मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेशकुमार यादवले ७ सय १५ मत ल्याएका छन् । 



उपमेयरमा एमालेकी शिल्पा कार्कीले २७ सय ६२ मत ल्याएर पहिलो स्थानमा छिन् । जसपाका अमेरन्द्र यादव १ हजार ६ सय ३२ मत ल्याएर उनलाई पछ्याउँदैछन् । 
 


Author

थप समाचार
x