कोशी

श्रीमान्‌सँग विवाद हुँदा आफैमाथि आगो लगाउने शर्माको निधन

इकागज |
बैशाख २९, २०८० शुक्रबार १०:१४ बजे

सांकेतिक तस्बिर

विराटनगर- घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरिरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरिरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन् ।


सो आगलागीमा परेपछि उपचारका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको थियो । तर हिजो साँझ उनको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए । 

सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ ।


Author

थप समाचार
x