कोशी

एमाले कोशी प्रदेशको उद्घाटन आज, ओलीले सम्बोधन गर्ने

इकागज |
असोज १२, २०८० शुक्रबार ७:२५ बजे

विराटनगर । धमाधम प्रदेश अधिवेशन गरिरहेको नेकपा एमालेकाे कोशी अधिवेशन आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने कोशी प्रदेश अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् ।

आज र भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ ।


आजदेखि सुरु हुने अधिवेशनमा काेशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाईएको छ । सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।


Author

थप समाचार
x