कोशी

कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान

इकागज |
असोज १२, २०८० शुक्रबार १८:२४ बजे

विराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको चौथो अधिवेशन असोज १७ गतेका लागि आह्वान गरेका छन् ।  प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख खापुङ्गले प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्ति अनुसार संविधानको धारा १८३ को उपधारा (१) बमोजिम संवत् २०८० साल असोज १७ गते बुधबार दिउँसो १ बजे कोशी प्रदेश सभा हल विराटनगरमा कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेको उल्लेख छ ।


मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जारी गरेको बजेट अध्यादेश उक्त अधिवेशनमा पेस गर्नुपर्ने छ । त्यसैगरी उनले प्रदेश सभाबाट विश्वासको मत पनि लिनुपर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्च अदालतको परामादेशबाट संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले उपधारा (४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।


Author

थप समाचार
x