कोशी

एमाले कोशी अधिवेशन

मतदान सुरु हुनुअघि उम्मेदवारहरू मत माग्न व्यस्त (फोटोफिचर)

इकागज |
असोज १४, २०८० आइतबार १७:३७ बजे

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु हुन लाग्दा उम्मेदवारहरू मत माग्न व्यस्त देखिएका छन् । अहिले साढे ५ बजे सुरु गर्ने भनिएको मतदानलाई आवश्यक तयारी नपुगेको भन्दै निर्वाचन कमिटीले साँझ ७ बजे सारिएको जनाएको छ । मतदानको समय सरेपछि आकाक्षी उम्मेदवारहरू भने मत माग्न व्यस्त देखिएका छन् ।


विराटनगरस्थित होटल मनास्लु इनमा एमाले कोशी प्रदेश कमिटीको अधिवेशन जारी छ । अधिवेशन स्थलमै मतदानको तयारी भइरहेको छ । अधिवेशनमा १४ जिल्लाको भूगोल र जनवर्गीय सङ्गठनबाट गरी ९ सय ९७ प्रतिनिधि सहभागी छन् ।

 


Author

थप समाचार
x