कोशी

एमाले कोशी अधिवेशन: बिहान ११ बजे हुने भनिएको मतदान राति १० बजे सुरु

इकागज |
असोज १४, २०८० आइतबार २२:२३ बजे

विराटनगर - नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मतदान सुरु भएको छ । आइतबार बिहान ११ बजे सुरु गर्ने भनिएको मतदान अहिले राति १० बजेबाट सुरु भएको हो ।

अध्यक्ष पदका उम्मेदवारहरु घनश्याम खतिवडा र विनोद ढकालले मतदान गरेर मतदानको प्रारम्भ गरेका हुन् ।


मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता चुडामणि आचार्यका अनुसार एक पटकमा ३७ जनाले मतदान गर्ने गरी मतपत्रमा चिन्ह लगाउने व्यवस्था गरिएको छ ।
मतदान गरिसकेको मतपत्र खसाउन सात वटा मतपेटिका राखिएको छ ।


Author

थप समाचार
x