कोशी

एमाले कोशी अधिवेशन : १ बजे गर्ने भनिएको मतगणना ५:१५ मा सुरु

बाबुराम भण्डारी |
असोज १५, २०८० सोमबार १७:२५ बजे

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको मतगणना सुरु भएको छ । दिउँसो १ बजे सुरु गर्ने भनिएको मतगणना ५:१५ बजे मात्र सुरु भएको हो ।

मतदान आइतबार बेलुका १० बजे सुरु भएर आज बिहान ५:३० बजेसम्म भएको थियो ।


विराटनगरस्थित होटल मनास्लु इनस्थित अधिवेशन स्थलमा गणना सुरु भएको निर्वाचन कमिटीका संयोजक वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिए ।
मतगणनाका लागि सात वटा गणना स्थल कायम गरिएको छ । सुरुमा पदाधिकारी, समावेशी क्षेत्र र भौगोलिक क्षेत्रको मतगणना हुने जनाइएको छ ।

पदाधिकारीतर्फ अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल, सचिवमा राजकुमार भण्डारी र शैलेश लामा तथा दुई उपसचिवका लागि खेम नेपाली, जलबर्षा राजवंशी र देवान राई प्रतिस्पर्धामा उत्रिएका छन् ।

मतगणना स्थलभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा बन्दोबस्ती छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x