कोशी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

एमालेबाट राना र कांग्रेसको विद्रोही समूहका राई मन्त्री नियुक्त

इकागज |
असोज २८, २०८० आइतबार १५:२५ बजे

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्तिका लागि शनिबार सनाखतका लागि तोकेको समयमा कार्कीको पक्षमा बहुमत सङ्ख्या ४७ सांसदले हस्ताक्षर गरेका थिए ।


मुख्यमन्त्री केदार कार्कीले उनलाई साथ दिएका नेकपा एमालेको तर्फबाट राम राना र काङ्ग्रेसको विद्रोही समूहका शम्शेर राईलाई मन्त्री नियुक्त गरेका छन् । दुवै जना बिनाविभागीय मन्त्री तोकिएका हुन् । उनीहरूलाई पनि प्रदेश प्रमुख खापुङ्गले शपथ ग्रहण गराएका छन् । मन्त्री बनेका राना र राई दुवै इलामका हुन् ।


Author

थप समाचार
x