कोशी

कात्तिक १ देखि स्थगित कोशी प्रदेश सभाको बैठक आह्वान

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १५:३१ बजे

विराटनगर- मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएर कात्तिक १ गतेदेखि स्थगित भएको कोशी प्रदेश सभाको चौथो अधिवेशनको बैठक आउँदो सोमबारका लागि आह्वान गरिएको छ ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले शुक्रबार सूचनामार्फत् बैठक बस्ने जानकारी गराएका हुन् ।


अर्को सूचना नभएसम्म स्थगित भएको चौथो अधिवेशनको चौथो बैठक २०८० कार्तिक २० गते सोमबार दिनको १ बजे कोशी प्रदेश सभा हल विराटनगरमा बस्ने प्रदेश सभाका सचिव पराजुलीले जानकारी दिए ।

कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ६ बमोजिम बैठकको जानकारी प्रदेश सभाका सदस्यहरूलाई गराइएको उनले बताए ।


Author

थप समाचार
x