कोशी

उर्लाबारी आगलागी : घाइते मरिताको पनि मृत्यु, मृतकको संख्या पाँच पुग्यो

इकागज |
मंसिर १२, २०८० मंगलबार ८:५६ बजे

मोरङ- कात्तिक २६ गते लक्ष्मीपूजाको दिन उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा घाइते भएका राम नरेश मरिताको मृत्यु भएको छ । उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा धनुषा जनकनन्दिनी गाउँपालिका-१ घर भई हाल उर्लाबारी-७ मा बस्दै आएका ४३ वर्षीय मरिताको मृत्यु भएको हो । 

सोमबार राति साढे ११ बजे मृत्यु भएका मरिताको अनुहार, छाती, दुवै हात, दुवै खुट्टामा गरी १२ प्रतिशतदेखी १४ प्रतिशत जलेको मरिताको शरिरमा करिब ४० प्रतिशत भाग जलेको थियो । उक्त आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 


मरिता उर्लाबारी-७ स्थित ईटहरा रोडमा यादव फार्मेसी सञ्‍चालन गर्दै आएका थिए ।

उक्त घटनामा २८ जना घाइते भएका थिए । २० जना घाइतेहरू उचाररत रहेका छन् । जसमध्ये १४ जना जेनरल कक्षमा र ३/३ जना आईसियू र एनसाईसियू कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।


Author

थप समाचार
x