कोशी

वार्ताबाट पहिचानको माग सम्बोधन गर्न प्रदेश प्रमुखको सुझाव

इकागज |
मंसिर १६, २०८० शनिबार २२:२ बजे

विराटनगर- प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुनेमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ ।

अध्यादेशबाट सार्वजनिक भएको बजेट प्रतिस्थापन चालु आर्थिक वर्षको विधेयकमार्फत पारित भएपछि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसँग छलफल गरेका थिए । मुख्यमन्त्री कार्कीले पहिचानलाई भाषा, संस्कृति र परम्परालाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताएका थिए । पहिचानको मुद्दालाई राजनीतिक लाभसँग जोडेर हेर्न नहुने भन्दै मुख्यमन्त्री कार्कीले बजेटले प्रदेशको समग्र पहिचानलाई समेट्ने प्रयास गरेको भेटपछि बताए । 


उनले भने, 'प्रदेश सरकारले फाल्गुनन्द भाषा, संस्कृति अध्ययन केन्द्र स्थापना गरी प्रदेशमा रहेका सबै भाषा, संस्कृतिको विकास गर्ने योजना बनाएको छ ।'

तुवाचुङ र खुवालुङजस्ता सांस्कृतिक महत्वका क्षेत्रको एकीकृत विकासका लागि सरकारले ठोस योजना बनाएको कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएको बताए । 

प्रदेश प्रमुख एउटा आलङ्कारिक मात्र नभई प्रदेशको अभिभावक भएको बताउँदै मुख्यमन्त्री कार्कील भने, 'बाहिरी संस्कृतिले आक्रमण गरिरहेको अवस्थामा हाम्रा मौलिक संस्कृति जोगाउन चुनौती बढेको छ ।'

प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनमा जोड दिँदै पहिचानको मुद्दालाई वार्ताको माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । रासस


Author

थप समाचार
x