कोशी

सरकार गठनको ​डेढ महिनापछि कोशीमा मन्त्रीहरूकाे कार्य विभाजन​​

राई आन्तरिक मामिला, उप्रेती पर्यटन र जबेगुलाई भौतिक पूर्वाधार

इकागज |
मंसिर १७, २०८० आइतबार १५:१८ बजे

काेशी- कोशी प्रदेश सरकार गठन भएको करिब डेढ महिनापछि प्रदेशका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ ।

कोशी प्रदेशमा गत असोज २८ गते नेपाली कांग्रेसका केदार कार्की नेतृत्वमा गठन भएको मन्त्रिपरिषदका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा लगाइएको छ । यसैगरी कात्तिक १७ गते मन्त्रीमा नियुक्त भएका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रीहरूको कार्यविभाजन गरेका हुन् ।

एमालेको ३९ जना प्रदेश सांसदहरूको समर्थनमा ७ जना विद्रोही कांग्रेसका सदस्यहरूसहित केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशमा सरकार गठन गरेका थिए । असोज २८ गते गठन भएको ३ सदस्यीय मन्त्रिपरिषदका रामबहादुर रानाले राजीनामा दिएपछि कोशी प्रदेशमा ४ सदस्यीय मन्त्रिपरिषद रहेको छ । 


Author

थप समाचार
x