कोशी

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कोइराला

इकागज |
माघ १४, २०८० आइतवार २१:३३ बजे

फाइल तस्बिर

मोरङ- कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्त  गर्ने निर्णय गरेको छ ।  बैठकले मे २९ का दिन ‘सगरमाथा दिवस’ मनाउने निर्णय गरेको पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले जानकारी दिए ।

प्रदेशस्तरीय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन २०८० स्वीकृत गर्नाका साथै प्रदेश योजना आयोगबाट अद्यावधिक प्रदेश पाश्र्वचित्र स्वीकृत गरी सार्वजनिक गर्ने गरेको उनले जानकारी दिए । यसैगरी, बैठकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका र मेक्सिकोको सिताकुयरो नगरबीच भगिनी सम्बन्ध कायम गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री उप्रेतीले जानकारी दिए ।



Author

थप समाचार
x