चार महिनापछि कोशी मन्त्रिपरिषदले पायो पूर्णता
थपिए चार मन्त्री र दुई राज्यमन्त्री
काठमाडौँ- कोशी प्रदेश मन्त्रिपरिषदले चार महिनापछि पूर्णता पाएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार स्वास्थ्य, रामकुमार खत्री उद्योग, कृषि तथा सहकारीमन्त्री तथा इन्दीरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ रामलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकुमार कार्कीलाई सामाजिक विकास र नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा नियुक्त गरेका छन् । कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँसँग राखेका छन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया