कोशी

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

इकागज |
बैशाख २७, २०८१ बिहीबार १२:२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।  बिहीबार नेकपा माओवादी केन्द्रसहित ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेश गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् । 


मुख्यमन्त्री कार्कीले आफु संविधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धाराअनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।


Author

थप समाचार
x