कोशी

धरानमा प्रहरी र स्थानीयबीच झडप

इकागज |
फागुन ६, २०८० आइतबार १७:१ बजे

सुनसरी- इलाका प्रहरी कार्यालय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि झडपकाे अवस्था सृजना भएकाे हाे । 

नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । साेही क्रममा डोजर लगाएर भत्काउने दुई जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।


माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिबार दिउँसो गेट भत्काइएको थियो । नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग गत भदौदेखि राख्दै आए पनि पूरा भएको थिएन ।


Author

थप समाचार
x