मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन
![](https://ekagajcdn.prixacdn.net/media/albums/Jay.jpg_KUinF7lkF7.jpg)
विराटनगर - मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ ।
५६ बर्षिय थारुको सोमबार दिउँसो १ बजे निधन भएको हो । राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका थिए । थारुको उपचारपछि जेठ १ गते घर लगिएको र उनको निधन घरमै भएको हो । उपचारमा संलग्न चिकित्सकले थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया