कोशी

सुनसरीमा माइक्रो र मोटरसाइकल ठोक्‍किदा ३ को मृत्यु, १० जना घाइते

लीलावल्लभ घिमिरे |
माघ ६, २०७७ मंगलबार १७:३८ बजे

फाइल तस्वीर

विराटनगर : सुनसरीको दुहवी-इनरुवा सडक खण्डमा माइक्रो र मोटरसाइकल एक आपसमा ठोक्‍किदा तीन जनाको मृत्यु भएको छ । प्रहरीकाअनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माइक्रो र विपरीत दिशाबाट आइरहेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्‍किदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, राजविराज–१ का २२ वर्षीय शंकर यादव र एक जना अन्दाजी २५ वर्षीया एक महिला छन् । महिलाको सनाखत हुन सकेको छैन ।


दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेको विराट नसिंङ होममा उपचार भइरहेको छ । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x