मधेश

प्रभावशाली नेता गंगाराम : एमालेलाई पन्छाउँदै, जसपालाई पच्छ्याउँदै

इकागज |
असोज १०, २०७९ सोमवार १३:५८ बजे

जनकपुरधाम । नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादवले आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गरेका छन्। एमालेले धनुषाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा नवप्रवेशी उमाशंकर अरगरियालाई चुनाव लडाउने तयारी गरेपछि एमाले केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्यसमेत रहेका नेता यादव जनता समाजवादी पार्टीबाट टिकट पाउने आशमा साेमबार एमाले परित्याग जसपामा प्रवेश गर्ने तयारी गरेका हुन् ।

दुई दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी लोसपाका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट भएका थिए । आफूले सो क्षेत्रमा टिकट पाउने सम्भावना नदेखेपछि उनी एमाले छोडेर जसपामा प्रवेश गरेकाे पार्टी परित्याग कार्यक्रम आयाेजना गरि जानकारी दिए ।


आगामी मंसिर ४ गते धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनको तयारी छ । पार्टीले आफूले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको अवमूल्यन गरेको यादवले आरोप लगाए । यादवले एमालेले सही समयमा पनि मेरो मुल्याङ्कन गर्न नसकेपछि जनताको चाहना अनुसार विकल्प राेजेको बताएका छन् ।'मलाई जनताकाे साथ हुँदा हुदै पटक पटक विभिन्न षडयन्त्र हुँदा पनि म पार्टीको लाइनमा अडिग रहें' उनले भने, ‘तर अहिले सहि समयमा फेरि पार्टी गलत बाटो लागेपछि जनताको निराशा देख्दै यो निर्णयमा पुगेको छु।'

यता आउँदाे असाेज १२ गते जसपा अध्यक्ष उपेन्द्र यादवले क्षेत्रको यदुकोहामा यादवलाई एक सभाका बीच औपचारिक रूपमा प्रवेश गराउने कार्यक्रम तय भएको जसपाका नेता शेषनारायण यादवले जनाएका छन् । एमालेलाई धनुषा २ मा मजबुत बनाउनका उनको महत्वपूर्ण योगदान रहँदै आएको थियो । पछिल्लाे निर्वाचनमा उम्मेदवारीका बाजागाजा सहित मनाेनयन दर्तास्थल पुगे पनि मतदाता नामावलीमा त्रुटि भएपछि चुनाव लड्न पाएका थिएनन् । आउँदाे निर्वाचनकाे तयारी गरिरहेकै अवस्थामा एमालेले अरगरियालाई भित्र्याएपछि उनी जासपाराेज्न बाध्य भएकाे उनीनिक६ एक नेताले बताए।


Author

थप समाचार
x