मधेश

सर्लाहीमा एमाले र माओवादी कार्यकर्ताबीच झडप : तीनजना घाइते, दुई पक्राउ

इकागज |
असोज १५, २०७९ शनिबार २०:४३ बजे

सांकेतिक तस्बिर

जनकपुरधाम- सर्लाहीमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कौडी उठाउने विषयलाई लिएर झडप भएकाे छ ।

हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा दुई पक्षबीच भएकाे विवादले झडपकाे रूप लिएकाे हाे ।


केही दिनअघि नगरपालिकाले माछा बजार ठेक्का लगाउँदा कौडी उठाउने विषयलाई लिएर विवाद भएको थियाे । साे विवाद साम्य भएकाे केही दिन नबित्दै आज फेरि एमाले र माओवादी कार्यकर्ताबीच साेही विषयमा विवाद भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने दुई जनालाई घटनास्थलबाट नियन्त्रणमा समेत लिइएकाे उनले बताए ।
घाइतेलाई उपचारका लागि अस्पताल पठाइएकाे जानकारी दिँदै हालसम्म घाइतेकाे नाम र ठेगाना खुल्न सकेकाे छैन ।

अहिले पनि साे स्थानमा प्रहरी परिचालन गरिएकाे छ भने अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।


Author

थप समाचार
x