मधेश

धनुषा ३ : 'जुलीलाई टक्कर दिने लोसपाका महतो आउट,  झाको इन्ट्री'

सुवास कर्ण |
असोज २३, २०७९ आइतबार ११:३४ बजे

जनकपुरधाम- धनुषाका प्रमुख क्षेत्र मानिएका क्षेत्र नं.  ३ मा एमाले नेतृ जुलीकुमारी महतोलाई टक्कर दिने भनिँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो प्रतिस्पर्धाबाट आउट भएको छ ।

सत्ता गठबन्धनको चुनावी तालमेलमा राजेन्द्र महतो सांसद रहेको सो क्षेत्रबाट आउँदो निर्वाचनमा उनको लोसपाकै नेता अनिल झाले टिकट पाएका छन । धनुषा ३ बाट २०७४ सालको निर्वाचनमा जित निकालेका लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सो क्षेत्र छोडेपछि जुली विरुद्ध लोसपाले कांग्रेसको आग्रहमा नेता झालाई उठाउने भएको छ ।


गत निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट जित निकालेका झाको सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लड्ने भएपछि गठबन्धनलाई सिट मिलाउन सकस भएको थियो । अन्ततः झालाई समावेश गर्न महतोलाई सर्लाही २ मा पठाइएको छ ।  महतो लड्ने सर्लाही २ मा चुनावी तालमेल सत्ता गठबन्धनको माओवादीबाट महेन्द्र राय यादव लडने भएपछि मित्रवत प्रतिष्पर्धा हुनेछ ।


Author

थप समाचार
x