मधेश

गहुँको बीउ चोरेर लैजाँदै गर्दा कञ्चनरुप नगरपालिकाका अधिकृत समातिए

इकागज |
मंसिर १५, २०७९ बिहिवार ७:१४ बजे

सांकेतिक तस्बिर

सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिकाले वितरण गर्न ल्याएको गहुँको बीउ चोरेर लैजाँदै गर्दा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत रामसेवक यादवलाई पक्राउ गरेर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

कञ्चनरुप नगरपालिकामा गहुँको बीउको अभाव भएका बेला स्वास्थ्य शाखा प्रमुख यादबले हेल्थ लेखेको गाडीमा बुधबार एक बोरा गहुँ लैजाने क्रममा स्थानीयले पक्राउ गरेका हुन् । 


स्वास्थ्य शाखाका अधिकृत यादवले कञ्चनरुप नगरपालिका-८ स्थित मगर टोल नजिक ३०१०२३ च ६५४२ नम्बरको गाडीमा बिउ लैजाने क्रममा पक्राउ गरिएको जनमत पार्टी कञ्चनरुपका नगर अध्यक्ष अनिल पंजियारले जानकारी दिए । स्वास्थ्य शाखा अधिकृतको गाडीसमेत इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको छ ।

यादवले भने गाडीमा गहुँको बोरा रहेको आफूलाई थाहा नभएको जिकिर गर्छन् । 

इलाका प्रहरी कार्यालयका डिएसपी रामकुमार यादवले यस विषयमा अनुसन्धान भइरहेको बताए ।


Author

थप समाचार
x