मधेश

राजविराज नगरपालिका शहीद परिवारलाई मासिक भत्ता

इकागज |
पुस २, २०७९ शनिबार १४:२० बजे

फाइल फोटो

सप्तरी - सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ ।

आर्थिक वर्ष ०७९÷८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ ।


हालसम्म उक्त सहयोग राशि पाउने शहीद परिवारको सङ्ख्या तीन पुगेको छ । मासिक पाँच हजार एक सयका दरले शहीद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी  दिए । 

उक्त सुविधा प्राप्त गर्न शहीद परिवारले शहीद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने प्रावधान राखिएको छ । सो अनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।

नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले जानकारी एका छन् । 


Author

थप समाचार
x