मधेश

मधेस मुख्यमन्त्रीलाई सहयाेग गर्न जसपाले बनायाे परामर्श समिति

इकागज |
फागुन १०, २०७९ बुधबार १७:३४ बजे

काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न जनता समाजवादी पार्टी (जसपा नेपाल) ले पूर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ।

पार्टीका प्रचारविभाग प्रमुख पूर्ण बस्नेत अनसार सरकारलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको हो ।


सो समितिमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन भने मुख्यमन्त्री सरोजकुमार यादवले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् । समितिले पार्टीको निर्देशनअनुसार मुख्यमन्त्रीलाई समयसमयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने काम गर्नेछ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न जसपाले मातहत समितिलाई बुधबार परिपत्र पनि गरेको छ। 


Author

थप समाचार
x