मधेश

मधेशबाट एसइईमा ७९ हजारबढी परिक्षार्थी सहभागी

इकागज |
चैत १५, २०७९ बुधवार १७:३३ बजे

जनकपुरधाम। मधेशमा यसपटकको एसइई परीक्षामा कुल २ सय ७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परीक्षार्थीहरू सहभागी हुने भएका छन् । मधेस प्रदेशमा सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार १ सय ४६ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा कम रौतहटमा ३५ परीक्षा केन्द्रमा ८ हजार ९ सय ५७ परीक्षार्थी परीक्षा दिनेछन् । 

त्यस्तै सप्तरीमा ३६ परीक्षा केन्द्रमा ९ हजार ५ सय २७, सिरहामा ४० परीक्षा केन्द्रमा १० हजार १ सय ५०, महोत्तरीमा ३१ परीक्षा केन्द्रमा ९ हजार ५४, सर्लाहीमा १० हजार ९ सय १६, बारामा ३२ परीक्षा केन्द्रमा ९ हजार १ सय ७९ र पर्सामा २५ परीक्षा केन्द्रमा ९ हजार १ सय ६५ परीक्षार्थी सहभागी रहनेछ । 


मधेशप्रदेशमा परीक्षालाई मर्यादित बनाउनका लागि ७ हजार ५ सय ७९ जनशक्ति खटाइनेछ । यसका साथै परीक्षा केन्द्रहरूमा सुरक्षाकर्मी समेत परिचालन गरिनेछ।

यही चैत १७ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षालाई प्रदेशमा मर्यादित एवं अनुशासित बनाइने मधेश सरकार शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले बताएका छन् ।

एसइई परीक्षाको पूर्व सन्ध्यामा बुधबार एक पत्रकार सम्मेलन आयोजना गरी मन्त्री यादवले यसपटकको एसइई परीक्षालाई अनुशासित एवं मर्यादित बनाउन तीनवटै सुरक्षा निकाय परिचालन गरिनुका साथै स्थानीय तहलाई सक्रिय बनाउने बताए ।
 


Author

थप समाचार
x