मधेश

महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

इकागज |
कात्तिक १३, २०८० सोमबार ११:६ बजे

सांकेतिक तस्बिर

महोत्तरी- महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् ।

जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो । 
 



Author

थप समाचार
x