मधेश

पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा उजुरी

इकागज |
मंसिर ५, २०८० मंगलबार १९:३४ बजे

जनकपुरधाम -काठमाडौको बल्खुमा मंसिर ७ गते प्रदर्शनको तयारीमा रहेका महाअभियानका संयोजक दुर्गा प्रसाईले धनुषामा गणतन्त्र विरोधी कार्य गरेको भन्दै उजुरी परेको छ ।

कात्तिक २८ गतेका दिन हिन्दु सम्राट सेनाद्वारा जनकपुरधाममा आयोजित एक कार्यक्रममा दुर्गा प्रसाईंले पुरानो राष्ट्रिय गान बजाएर गणतन्त्र विरोधी कार्य गरेको भन्दै उनी विरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको हो । 


उक्त कार्यक्रममा प्रमुख अतिथि प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली‘’ बजाएका थिए । प्रसाईंले ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषाका अध्यक्ष रोषणकुमार यादवले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका हुन् ।

कुनै पनि व्यक्तिलाई संविधान तथा कानुन प्रतिकूल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको छ । उजुरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिवाना गरी पाउँ ।’


Author

थप समाचार
x