मधेश

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

इकागज |
मंसिर १९, २०८० मंगलबार ९:३१ बजे

फाइल तस्बिर

महोत्तरी- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी आइपुगेका छन् ।

पार्टीको तीन महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आइपुगेका नेकपा माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।


अहिले महोत्तरीको बर्दिवासस्थित माइस्थान पन्चधुरा पाटी प्यालेसमा केन्द्रीय सदस्यहरूसँग बैठक प्रारम्भ भएको छ ।

बैठकबाट नै रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरूसँग रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटव्युरो सदस्य राजु खड्काले जानकारी दिए ।

यसपछि प्रधानमन्त्री प्रचण्ड महोत्तरीकै गौशाला नगरपालिकामा पुग्ने छन् । गौशालाको एक हलमा सहभागी भएका झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

केही भेटघाटबाहेक प्रधानमन्त्री प्रचण्ड नितान्त पार्टीको छलफल र समिक्षामा मात्र सहभागी हुने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x